काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
प्रतिनिधिसभाको बैठकमा मत बुधबार विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो। मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ।
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले बजेटको पक्षमा मतदान गरे। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपाले भने बजेटको विपक्षमा मतदान गरे।
गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।
सभामुखले ध्वनि मतको आधारमा बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेपछि एमालेले मत विभाजनका आधारमा प्रक्रिया अघि बढाउन सभामुखसँग माग गरेको थियो। त्यसअघि एमाले र रास्वपाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमातहत रहने व्यवस्थामा संशोधन नगरेसम्म संसद् अघि बढाउन नदिने बताएका थिए।
त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। प्रतिनिधिसभाको फेरि बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको खर्च कटौती गर्नका लागि सो विषय राखिए पनि सरकार त्यसलाई परिमार्जन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने भन्ने बजेटको व्यवस्थाबाहेक अन्य सबै विषय यथास्थितिमा पारित भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19