काठमाण्डौ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। पाइलट टेकबहादुर गुरुङले उठाएको हेलिकप्टरमा ५ जना विदेशी यात्रु सवार छन्।
घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ। ‘अहिलेसम्म ३ जनाको शव फेला परेको जानकारी आएको छ’, सोलुखुम्बुकी सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बिजशालासँग भनिन्, ‘अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारकार्यमा खटिएका छन्।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19