काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बजेटसँग सम्बन्धित ३ विधयेक प्रमाणीकरण गरेका छन्। 

राष्ट्रपति पौडेलले विनियोजन विधेयक–२०८०, आर्थिक विधेयक–२०८० र राष्ट्र ऋण उठाउने विधेयक–२०८० प्रमाणीकरण गरेका हुन्। 

संघीय संसदबाट पारित भई संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष पेस गरिएका थिए। ती विधेयकहरु संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन्।