काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नवीन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको छ।
सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, लक्जमबर्गको ग्रान्ड डचीको कानुनअन्तर्गत दर्ता भएको माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसिलिटीसँग व्यावसायिक ऋण सम्झौता गरेको छ। सम्झौताअनुसार कुमारी बैंकले माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसिलिटीबाट १० मिलियन अमेरिकी डलर ऋण लिने भएको छ। यस कर्जाको प्रयोग विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरुसँग सम्बन्धित साना तथा मझौला उद्यमलाई ऋण प्रादान गरी सशक्तीकरण गर्नु रहेको छ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago