काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा सोमबार साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ।
साउन महिनाको पहिलो सोमबार सोमबार त्यहाँ पहिलोपटक यसप्रकारको आरतीको आयोजना गरिएको हो। साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्सका महाप्रबन्धक सञ्जीव थापाले बताए।
भालेश्वर महादेवमा सोमबार चन्द्रागिरि केबलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए।
साउन महिनाको पहिलो सोमबार पुशपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरुमा पनि भगवान शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19