काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजबाट काठमाण्डौको कुलेश्वर र धुम्बाराहीमा दुई शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले ती क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो। बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।