काठमाण्डौ । हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ। 

अनाथ तथा विपत्र बालबालिकाका लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लवप्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको हो।

अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एअरलाइन्सका अध्यक्ष झो इन्योङले बालगृहकी अध्यक्ष उषा कार्कीलाई रु. ३ लाख ९६ हजारबराबरको चेक हस्तान्तरण गरे। यसबाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हुपजस्ता विभित्र खेलकुदका सामग्री पनि सहयोग गरे।

सुन्दरीजलस्थित उक्त संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ।

उक्त सहयोग रकम बालबालिकाका लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकुल र व्यवस्थित बनाउन बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भार गर्न प्रयोग गरिने भएको छ। 

‘नेपालमै आधार र नेपालमै सेवा’ हिमालय एअरलाइन्सले लामो समयदेखि गरेको प्रतिबद्घता हो। एअरलाइन्सले स्थापनाकालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ। ‘यसपटक लवप्रसाद बालगृहलाई गरिएको सहयोगले त्यहाँका बालबालिकाका लागि राम्रो जीवन र बसाइको व्यवस्था गर्न चाहन्छौँ र उनीहरु भविष्यमा राष्ट्रको कर्णधार बनोस् भत्रे आशा राख्दछौँ’, अध्यक्ष इन्योङले भने। 

बालगृहकी अध्यक्ष उषा कार्कीले कृतज्ञता व्यक्त गर्दै खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामग्री सहयोग गरेको एअरलाइन्सको यस कदमको स्वागत गरिन्। ‘हाम्रो संस्थालाई गर्नुभएको हेरविचार र योगदानका लागि हामी हिमालय एअरलाइन्स प्रति अत्यन्तै आभारी छौँ। उहाँहरुको उदार सहयोगलाई हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउँनेछ’, उनले भने। 

हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेको छ र विगत ७ वर्षदेखि एअरलाइन्सले अनाथ तथा विपत्र बालबालिकाका लागि सञ्चालन गरिएको ‘प्रयास नेपाल’का बालबालिकालाई विभित्र शैक्षिक तथा अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ।