काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल, जुसलगायतका सेवा प्रदान गरेको छ। 

लायन्स एन्ड लियो क्लब अफ काठमाण्डौ चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो। विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई ११५ जना विभिन्न स्वयंमसेवकद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको हो। 

यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको छ। स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो। 

करिब १ हजार ५०० धर्मावलम्बीले स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए। 

साउनको सोमबार देशभर महादेवको विभिन्न मन्दिरमा पूजाअर्चना गरिन्छ। सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशीलगायत देशभरका विभिन्न स्थानमा पूजाअर्चना गरिन्छ। 

वृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत गरिएको कम्पनीले जनाएको छ।