चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत व्यापार सम्झौता छिट्टै हुने बताएका छन्।
भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसै वर्ष औपचारिक रुपमा घोषणा गरिने पनि बताए। ‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ। सम्झौतापछि कार्यान्वयनमा जान्छ’, उनले भने।
सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युतमा आत्मनिर्भर हुन लागेको मन्त्री बस्नेतको भनाइ थियो। ‘हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ’, उनले भने।
वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ थियो। ‘५० प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पुर्याइएको छ’, उनले भने, ‘हाल देखिएका समस्या छिट्टै समाधान हुन्छ।’
अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जाने पनि मन्त्री बस्नेतले बताए। ‘सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ’, उनले भने, ‘यससँगै सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको छ।’
सबैलाई थप प्रभावकारी बनाउनका लागि नीतिगत र कानुन सुधारका काम भइरहेको पनि मन्त्री बस्नेतले बताए।
- RSS
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19