काठमाण्डौ । पशुपतिनाथको मन्दिरवरपर मासु र मदिराको बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज एक सूचना प्रकाशित गरी असोज १ गते तीजका अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चारकिला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको हो। जसअनुसार पाशुपत क्षेत्रको पूर्वमा गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पाशुपत क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाटहुँदै बागमतीदेखि दक्षिणसम्म चारकिला तोकिएको छ। 

यी क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ। 

कोही कसैले यो सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।