 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल–चीन बिजनेस समिट चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्पmको निर्यात सहजीकरणका लागि दुवै तर्पmका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने वताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी) लेसंयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा दुवैतर्पmका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त धारणा राखेका हुन्।
द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए। उनले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे।
नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए। उनले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने भन्दै त्यसका लागि वातावरण बनाउने बताए।
दाहालले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैँ तत्पर रहेको बताए। उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सरहाना पनि गरे।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको दाहालले बताए। नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्नेमा उनले जोड दिए।
सीसीपीआईटीको मुख्यालय बेइजिङमा आज आयोजित समिटलाई सम्बोधन गर्दै चिनिया वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। उनले नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए।
चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक रहेको पनि उनले बताए। नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनले बताए। उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने उल्लेख छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19