काठमाण्डौ । धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले पुँजीबजार सुधारका लागि संस्थागत लगानी बढाउनुपर्ने बताएका छन्।

राजधानीमा आज आयोजित एक अन्तर्क्रियामा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘पुँजीबजार सुधारका लागि संस्थागत लगानी बढाउनु अपरिहार्य छ’, उनले भने।

ढकालले नियामकको कसिलो नीगित व्यवस्थाकै कारण पुँजीबजारमा सुधार आउन नसक्दा सरकारले ठूलै राजस्व गुमाएको पनि बताए। ‘सरकारले यही बजारबाट १४ अर्ब राजस्व संकलन गरेकोमा गत वर्ष २ अर्ब रुपैयाँमा उठाएको छ’, उनले भने। 

मौद्रिक नीतिमार्फत पुँजीबजारलाई कस्ने काम भएको पनि ढकालले बताए। ‘छरिएर रहेको पुँजी जुटाउने थलोलाई नीतिगत व्यवस्थाले कस्नु उचित हुँदैन’, उनले भने, ‘यही बजारमा अहिले २० प्रतिशत जनता आबद्ध छन्।’