आजदेखि दसैँलाई खसीबोका उपत्यका भित्रिँदै, कतिपर्छ मूल्य ?
काठमाण्डौ । दसैँका लागि आइतबारदेखि काठमाण्डौ उपत्यकामा खसी–बोका भित्रिने भएको छ।
चौपाया व्यवसायीले दसैँका लागि बिक्री गर्न काठमाण्डौमा खसीबोका भित्र्याउन लागेका हुन्। दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसी–बोका बिक्री गर्न काठमाण्डौ ल्याउन लागिएको व्यवसायीहरु बताउँछन्।
चौपाया खरिदबिक्री सेवा संघका अनुसार आजबाट काठमाण्डौमा दैनिकजसो खसी, बोका र च्यांग्रा भित्र्याइने। सामान्य अवस्थामा उपत्यकामा दैनिक २ हजार खसी–बोका भित्रिन्छ। दसैँको बेला भने यो संख्या दैनिक बढ्ने संघले जनाएको छ।
फूूलपातीबाट नवमीसम्म ३ दिनमै २०–२५ हजार खसी–बोका बिक्री हुन सक्ने संघको अनुमान छ।
बजारमा हाल जिउँदो खसी प्रतिकेजी ६८० रुपैयाँको हाराहारीमा पर्छ। यही मूल्यका आसपास खसी बिक्रीवितरण हुन सक्ने व्यवसायीहरुको भनाइ छ।
उता नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैँका लागि ३ हजारवटा खसी, बोका र च्यांग्रा ल्याउँदैछ। कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले दसैँका लागि २ हजारवटा खसी र बोका तथा १ हजारवटा च्यांग्रा ल्याइने जानकारी दिइन्।
खसी, बोका र च्यांग्रा ल्याउन कम्पनीले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएको पनि सुवेदीले जानकारी दिइन्। ‘घटस्थापनाको १–२ दिनपछि बिक्रीवितरण सुरु गर्छौं’, उनले भने, ‘यसपालि पनि किलोमा १० रुपैयाँ छुट दिने व्यवस्था गर्न लागेको छौँ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19