काठमाण्डौ । दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला २०७४ हुने भएको छ ।
‘दशैंको बेला, सस्तो मेला’ नारा दिइएको यस मेलालाई इभेन्ट सोलुसनले आयोजना गर्न लागेको हो।
भाद्र २१ गतेबाट २६ सम्म गर्न लागिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबश्यक सामाग्रीहरुको कारोबार गरिने आयोजकको भनाई छ ।
मेलामा विशेषगरी कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार हुने छ । १ सय भन्दा बढी स्टल रहने मेलामा दशैंका लागि आबश्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने आयोजकले जनाएको छ ।
छ दिनसम्म चल्ने यो मेलाका लागि ८० प्रतिशतभन्दा बढी स्टल बुक भइसकेको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले केही दिनभित्र सबै स्टल बुक भइसक्ने बताए । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्बसाधारण आउने संयोजक जोशीको अपेक्षा छ । ५० हजार बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19