काठमाण्डौ । राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा फेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी मलले भदौ ८ गते बिहीबारदेखि कार्निभल सुरु गरेको हो । 

कार्निभल अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने छन् । 

भदौ २० गतेसम्म चल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तिकै मलले निशुल्क कुपन बितरण गर्ने जनाएको छ । उक्त कुपनबाट मल पुग्ने जो कोहीले पनि गोलाप्रथाबाट साप्ताहिक रुपमा मोबाइल फोन, दैनिक रुपमा सपिङ भौचर तथा लञ्च कुपनका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् । 

त्यसैगरी लाइभ म्युजिक, फेशन शो तथा गेम शो कार्निभलको आकर्षणका रुपमा रहने छन् । कार्निभलमा आईसक्रिम, मम तथा बर्गर खाने प्रतियोगिता पनि सञ्चालन हुनेछ । 

निशुल्क फेस पेन्टिङ, जादु प्रदर्शन तथा हास्यव्यङ्ग्य प्रदर्शनी समेत हुने कार्निभलमा पुरानो मोबाइलसग नयाँ मोबाइल साट्न पाइने कार्निभलका संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिए । 

एकै छानामुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका मलको तेस्रो तल्लामा विश्वज्योति मोबाइल मार्ट यसअघि नै सञ्चालनमा आएको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, कफी शप लगायतका ४० भन्दा बढीसंख्यामा स्तरीय स्टोरहरु मलमा सञ्चालनमा रहेका छन् ।