काठमाण्डौ । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन भएका छन् ।

कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समेत रहेका उनलाई अध्यक्षमा चयन गरेको हो । उनी ९ वर्षदेखि उक्त बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० गतेसम्म बैंकका अध्यक्ष पनि भएका थिए । हाल अध्यक्षमा नवनियुक्त हुनुअघि कम्पनीको संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका उनी सफल युवा व्यवसायीको रुपमा परिचित छन् ।  कास्की जिल्लाको पोखरा घर भएका उनी हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध छन् ।

 सोही बैठकले कम्पनीका अध्यक्ष डा उपेन्द्र महतोले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।