काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपालले जाजरकोट तथा रुकुमका भूकम्प पीडितलाई सहयोग गर्न रेडक्रसलाई लाख अमेरिकी डलर (करिब १३.३ लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले हालै पश्चिम नेपालमा गएको भूकम्पले ठूलो क्षति पुर्‍याएपछि आफ्नो आपत्कालीन साझेदार ब्रिटिस रेडक्रसलाई उक्त रकम सहयोग बताएको छ । 

उक्त रकम नेपाल रेडक्रस सोसाइटी मार्फत् भूकम्पमा परी घर गुमाएका परिवारलाई प्राथमिक उपचार र चिकित्सा सहायताका साथै खाद्यान्न, पानी, राहत सामग्रीलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दास्तिदारले बताए ।