काठमाण्डौ । चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् ।

कम्पनीको गत मंसिर १८ गते सोमबार बसेको ५२ औं सञ्चालक समितिको बैठकले तण्डुकारलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव झलक राज शर्माका अनुसार तण्डुकार यसअघि एक्जुकेटीभ म्यानेजर पदमा कार्यरत थिए । यसैगरी, कम्पनीका महाप्रबन्धक संजीव थापाले दिएको राजीनामा सञ्चालक समितिले बैठकले स्वीकृति गरेको छ ।