काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० मामा ४.९७ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको छ। कम्पनीको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८ करोड रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
सभामा कम्पनीका अध्यक्ष जरिन दारुवालाले निरन्तर सहयोग गर्ने सबै लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दैजोखिम व्यवस्थापनको बलियो आधारशिला निर्माण गर्दै बैंक सञ्चालनको इतिहासमा सबैभन्दा उच्चतम प्रतिफल दिएको बताइन् ।
साथै उनले वित्तीय कार्यसम्पादन सुधार गर्न प्रयासरत रहेको पनि बताइन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago