काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको सेयरको लकइन आगामी माघ ८ गते  समाप्त हुने भएको छ ।

कम्पनीले संस्थापकतर्फको सेयर, स्थानीय वासिन्दातर्फको सेयर सेयर र कम्पनीका कर्मचारीको पाएको सेयरको लक इन  माघ ८ गते समाप्त हुन लागेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीका अनुसार स्थापकतर्फको १ करोड ३५ लाख कित्ता, स्थानीयवासीको ३ लाख ६ हजार ८१९ कित्ता र ६१ हजार ३६४ कित्ता सेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २५० कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो ।

लक इन अवधि खुलेपछि यी शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने  छ।

‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिए अनुरुप कम्पनीले सोबारे जानकारी गराएको हो ।
हेर्नुहोस सूचना :