काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग बापत ५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

 

महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको अध्यक्ष शाक्यले बताए ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले भूकम्प पिडितको सहयोगार्थ आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै अप्ठ्यारोमा सहयोग गर्नु सबैको कर्तव्य भएको बताए ।