काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डौ पठाउन सुरु गरिएको छ । 

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको अम्बाथानस्थित बाँधबाट पानी सुरुङमा पानी पठाउन सुरु गरिएको हो ।

सुरुङ सफा गर्ने प्रयोजनका लागि पानी पठाउन सुरु गरिएको हो । ग्याल्थुम, सिन्धुखोला अडिट र सुन्दरीजलतर्फबाट धमिलो पानी पठाउन सुरु गरिएको हो । सुरूङमा पठाएको पानी सफा भएपछि काठमाण्डौमा पानी पठाइने बताइएको छ । 

माघ १ गतेसम्म काठमाण्डौमा पानी पुर्‍याउने लक्ष्य राखिएको मेलम्ची आयोजनाले जनाएको छ । 

यसअघि बाढीपहिरोका कारण सात महिनादेखि सुरुङमा पानी पठाउन बन्द गरिएको थियो ।