काठमाण्डौ । विश्वको पाँचौ ठूलो लेड टिभी निर्माता कम्पनी स्काइवर्थले नेपालीहरुको महान पर्व दशैंतिहार र छठ लक्षित फेस्टिभ अफर सार्वजनिक गरेको छ । 

स्काइवर्थले पर्वको अवसरमा “स्काइवर्थ दशैं हुन्छ वर्थफुल, उपहार छ भरपुर” योजना सार्वजनिक गरेको हो । 

यस उपहार योजनाअन्तर्गत ग्राहकहरुले टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर र भ्याकुम क्लिनरको हरेक खरिदमा १७९० रुपैयाँदेखि ३१,८०० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु उपहारको रुपमा पाउने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेदेखि सुरु भइसकेको छ भने आगामी छठ पर्वको दिनसम्म रहने बताइएको छ ।

केएल दुुगड ग्रुपद्वारा प्रर्वद्धित यस स्काइवर्थ ब्राण्ड नेपालमा छोटो समयमा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ ।