Share Laganikarta Sangh
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत प्राथमिक पूँजीको ४० प्रतिशतसम्म मात्र सेयर कर्जा दिनसक्ने भनी गरेको व्यवस्था खारेजी लगायतको माग राख्दै सेयर लगानीकर्ता संघले अर्थ राज्यमन्त्री उदय समेशर राणालाई बुधबार ज्ञापनपत्र बुुझाएको छ ।
अर्थराज्यमन्त्री राणाको कुुपण्डोल हाइटस्थित निवासमा बुधबार बिहान पुुगेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल नेतृत्वको प्रतिनिधि मण्डलले पूँजीबजारको विकास, बिस्तार र लगानीकर्ताको प्रोत्साहनका लागि विभिन्न ९ बुँदे मागसहितको ज्ञापनपत्र बुुझाएको हो ।
संघले बैंक तथा बित्तीय संस्थाले सेयर कर्जामा पहिले आफ्नो प्राथमिक पूँजीको एकसय प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्थालाई राष्ट्रबैंकले मौद्रिक नीतिमा घटाएर ४० प्रतिशतमा झारेकोमा असन्तोष व्यक्त गर्दै साबिककै व्यवस्था लागूू हुनुपर्नेमा जोड दिएको हो ।
यस्तै, राष्ट्रबैंकबाट सेयर कर्जामा दिइने मूल्याङ्कनको पहिलाकै अनुपात ७० प्रतिशतसम्म ऋण पाउने व्यवस्था समेत तत्काल लागू हुनुपर्ने माग गरिएको छ । अनलाइन कारोबारको शीघ्र कार्यान्वयन, पूँजीबजारलाई समेत उत्पादनशील क्षेत्र भनी घोषणाको माग पनि संघले उठाएको छ।
यसैगरी, पूँजीबजारमा अल्पकालीन लगानीकर्ता र दीर्घकालीन लगानीकर्ता छुट्याएर दीर्घकालीनलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा हुनुपर्ने, विदेशमा बस्ने नेपालीहरुलाई पनि पूँजीबजारमा भित्र्याउन आवश्यक प्रक्रिया अविलम्ब सुरु गर्नुपर्ने, पूँजीबजारको बारेमा कुनै नीति वा नियम बनाउँदा लगानीकर्ताको पनि धारणा बुुझेर उनीहरुको भावनाको मूल्याङ्कन हुनुपर्ने संघले माग गरेको छ ।
पूँजीबजारलाई एउटा उद्योगको रुपमा विकासका लागि आवश्यक पूर्वाधारको निर्माणमा समेत संघले जोड दिएको छ ।
प्रतिनिधि मण्डलमा अध्यक्ष अर्याल, उपाध्यक्ष तारा फूल्लेल, कोषाध्यक्ष मोहन बस्नेत, सदस्यहरु अमर डंगोल, जीवन बहादुर क्षेत्री लगायत सहभागी थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago