काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पूँजीबजारको स्वर्णिम युग सुरु भइसकेको दाबी गरेका छन् । 

उनले देशमा राजनीतिक अजेण्डा सकिएको र अब स्थायी सरकार गठन भई आर्थिक समृद्धिको युुग सुरु हुने उल्लेख गर्दै पूँजीबजारको स्वर्णिम युुग सुरु भइसकेकोले नअत्तालिन लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् । 

बिजशालालाई विशेष अन्तर्वार्ता दिंदै उनले भने–‘जुन देशमा राजनीतिक स्थिरता हुन्छ, त्यो देशको आर्थिक विकास भएकै छ । खुशीको कुुरा, हाम्रो देशमा समेत बहुमतको सरकार बन्दैछ, संविधानले २ वर्षसम्म सरकार हटाउन नमिल्ने व्यवस्था गरेको छ । अबको मुद्धा आर्थिक विकासको मुद्धा हुनेछ । आर्थिक विकासको समयमा सबैभन्दा धेरै विकास हुने भनेकै पूँजीबजारको हो । पूँजीबजारको स्वर्णिम युुग सुरु भइसकेको बुुझ्नुुहोस् ।’ 

उनले बजारको दीर्घ विकास र बिस्तारका लागि लगानीकर्ता, ब्रोकर, नियमनकारी निकाय र सरकारका एजेन्सीहरु मिलेर जनचेतनामूलक कार्यक्रम थाल्नुपर्ने आवश्यकता समेत औंल्याए । 
‘अब पूँजीबजार अगाडि बढ्यो ।’ विश्वस्त हुँदै उनले थपे–‘म सतप्रतिशत विश्वस्त छुु कि बजारका लागि स्वर्णिम युुग सुरु भएको छ र आउँदा दिन अझ सुखद हुनेछन् ।’ 

सीइओ साउदले सेयर कारोबारलाई बित्तीय क्षेत्रको रुपमा स्वीकार गरी भ्याट लगाउन नहुने धारणा सार्वजनिक गरेका छन् । ‘सेयर कारोबार भनेको पनि बित्तीय क्षेत्र हो, यो यही क्षेत्रमा रहनुुपर्छ ।’ आफ्नो ‘व्यक्तिगत धारणा’ पेश गर्दै उनले थपे–‘भ्याटको इस्यूूलाई लिएर लगानीकर्ता हच्किनुुपर्ने अवस्था छैन ।’ उनले भ्याट नै लागे पनि कारोबार वा कमिसन केमा लाग्ने भन्ने निक्र्यौल नभइसकेकोले त्रसित नबन्न लगानीकर्तालाई आग्रह गरे । 

उनले भ्याट प्रकरणले बजारलाई सामान्य प्रभाव पारे पनि यसकारणले मात्रै नेप्से परिसूचक नघटेको दाबी गरे । ‘बजारमा अहिले सेयरको आपूर्ति बढी भयो, यो तुलनामा लगानीकर्ताको संख्या कम छ ।’ उनले भने–‘बिमा समितिले यही बेला धेरै बिमा कम्पनीलाई संचालनका स्वीकृति दियो, यसले समेत बजार घटाउन सहयोग गर्यो ।’ उनका अनुसार बिमा कम्पनीमा लगानी गर्ने पनि सेयर बजारकै हस्तीहरु हुन्, उनीहरुको लगानी नयाँ कम्पनीमा जाँदा बजारको चमक घटेको उनको विश्लेषण छ । 

बजार घट्ने तेश्रो कारणको रुपमा साउदले चुनावका क्रममा गाउँ पसेको पैसा शहरी इलाकामा नआउनुलाई समेत पेश गरेका छन् । ‘भर्खरै चुनाव भयो, गाउँ गाउँ गएको पैसा शहरी क्षेत्रमा आउँदैछ ।’ उनले थपे–‘बिस्तारै डिमाण्ड बढ्छ र बजारले बृद्धिको लय समात्छ ।’ तर, उनले प्राविधिक रुपमा विश्लेषण गर्दा बजार घटेर धेरै चौपट नै हुने अवस्था भने नरहेको दाबी गर्न समेत भ्याए  । ‘पहिला किनेर केही समय राख्ने लगानीकर्तालाई यो गिरावटले कुनै असर गरेको छैन ।’ उनले थपे–‘बजार धेरै तल गएको होइन, बजार भनेकै घटबढ हुन्छ, यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’ 

(साउदले नेप्सेका आगामी योजना, अनलाइन कारोबार प्रणाली, अर्को स्टक एक्सचेञ्ज संचालन लगायतको बिषयमा बिजशालालाई एक्सक्लूसिभ अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताका लागि बिजशाला डटकम भिजिट गर्दै गर्नुहोला।)