काठमाण्डौ । ‘नमच्निे पीङको सय झ्डका’ भनेजस्तो कुरा मात्र ठूला गर्ने तर काम सिन्को नभाच्ने गरेको आरोप आफ्नै कार्यकर्ताबाट खेप्दै आएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मालेको विदेश विभागको पारदर्शितमाथि प्रश्न उठाउन थालिएको छ । अरुले गरेको काममाथि चर्को स्वरमा पारदर्शिता खोज्ने नारायणकाजी आफैले सम्मालेको विभागको बर्षौदेखिको हिसाव किताव तथा अन्य गतिविधि पारदर्शी नपारेको भन्दै नेता तथा कार्यकर्ताले प्रश्न गर्न थालेका छन्, अरुको हिसाव खोज्ने काजी कमरेड, विदेश विभागमा थुप्रिएको डलरको हिसाव कसले गर्ने ?

माओवादी केन्द्रका अन्य विभाग तथा भाृ संगठनहरु लथालिगं रोगले ग्रस्त भएजस्तै विदेश विभाग पनि लंगडो हुन पुगेपछि नारायणकाजीको पनि गफ रहेछ भन्दै कार्यकर्ताले उडाउन थालेका छन् । माओवादीसँग सम्बन्ध विच्छेद गरेर नयाँ शक्ति बनाएका बाबुरामले प्रवासमा राम्रो संगठन बनाएपनि माओवादी विदेश विभागको काम भने विदेशमा पार्टीको संगठन मजवुत बनाउने भन्दा पनि लेवि उठाउने र घुमधाम गर्नेमा केन्द्रित भएको माओवादी केन्द्रका एक नेताले बताए ।

माओवादी स्रोतका अनुसार विदेश विभागले झन्डै २ लाख भन्दा बढी डलरको हिसाव पार्टीलाई बुझाएको छैन । यसरी थुप्रिएको डलरमा भने पूर्व विद्यार्थी नेता युवराज चौलागाईले सवैभन्दा बढी ‘तर’ मारेको चर्चा माओवादीभित्र छ ।

केही समय अघि ची न भ्रमणमा गएका नारायणकाजीले पार्टीका नाममा निमन्त्रणपत्र पठाउन थालेको थाहा पाएपछि टेलिmफोन गरेर आफ्नो नाममा पठाउन अनुरोध गरेका थिए । उनको त्यस्तो अनुरोधपछि निम्तापत्र उनकै नाममा पठाइएको स्रोतले बतायो ।आजको साँघु साप्ताहिकमा खबर छ ।