काठमाण्डौ । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक बिक्रेता स्मार्ट एप्लाएनसेस्ले आफ्नो नयाँ माइक्रोवेभ ओभनलाई नेपाली बजारमा ल्याएको छ । 

कम्पनीको यो लेटेस्ट प्रस्तुतीको क्षमता ३० लिटर रहेको छ भने यसमा फुल ग्रिल कन्भेक्सन जस्ता फिचर्स् र आकर्षक मिरर ग्लास फिनिश पनि रहेको छ ।

९०० वाट क्षमता भएको उक्त एप्लाएन्स्को प्रारम्भिक मूल्य कम्पनीले रु. १७,५०० तोकेको छ ।  साथै, ग्राहकहरुका लागि थप सन्तुष्टि र खुशीका लागि सो माइक्रोवेभ ओभनको म्याग्नेट्रनमा ५ वर्षको वारेन्टी पनि रहेको छ । नयाँ प्रोडक्टले ग्राहकहरुलाई उपयोगितादेखि स्टाइल अनि विश्वसनीयता जस्ता सबै सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।