काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)लाई रिक्त जिल्ला नगर उपाध्यक्षको नयाँ निर्वाचन गर्ने बाटो खुलेको छ । 

सर्वोच्च अदालतले बुधबार जिल्लानगरतर्फका निलम्बित उपाध्यक्ष प्रमोद श्रेष्ठले दायर गरेको रिटमा आफ्नो फैसला सुनाउँदै उनको पक्षमा अन्तरिम आदेश दिन नपर्ने ठहर गर्दै महासंघलाई नयाँ निर्वाचन गराउने बाटो खोलिदिएको हो । 

न्यायाधीशदय डम्बरबहादुर शाही र मिरा खड्काको संयुक्त इजलासले सो फैसला गरेको हो ।

  

महासंघको फागुन २५ गतेको जिल्लानगर उपाध्यक्षको चुनाव रोक्ने उद्देश्यले निलम्बित उपाध्यक्ष प्रमोद श्रेष्ठले अन्तरकालीन आदेश र अदालतको अवहेलना गरी दुुईवटा रिट दायर गरेका थिए । अदालतको फैसला नआउँदा फागुन २५ गतेको निर्वाचनको बिषयमा अन्यौल सिर्जना भएको थियो। 

अदालतले दुवै मुद्धामा आदेश जारी नहुने फैसला सुनाएको छ । 

तर, अब महासंघले तोकिएकै मितिमा जिल्लानगर उपाध्यक्षको निर्वाचन गर्ने महासंघ अध्यक्ष भवानी राणाले बताएकी छिन् ।