काठमाण्डौ । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ “स्काईवर्थ राइस कुकर” बजारमा ल्याएको छ ।

हाल बजारमा यो कम्पनीका राइस कुकरका दुई मोडलहरु, RC2200 र RC3200, उपलब्ध छन् । दुई मोडलमध्ये RC2200 ९०० वाट पावर भएको, २२०–२४० भोल्टको प्रोडक्ट हो, जसको क्षमता २.२ लिटर रहेको छ । 

त्यसैगरी, RC3200 मोडल १००० वाट पावर भएको, २२०–२४० भोल्टको प्रोडक्ट हो, जसको क्षमता ३.२ लिटर रहेको छ । 

दुवै प्रोडक्टहरु आकर्षक डिजाइनका साथै विभिन्न फिचर्सहरुका साथ बजारमा उपलब्ध छ, जस्तै : कुक र वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षा । उक्त दुई उत्पादनहरुले अब ग्राहकहरुलाई अभैm बढी विकल्पहरु तथा सुपथ मूल्यमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका प्रोडक्टहरु प्रदान गर्ने कम्पनीको विश्वास छ ।