काठमाण्डौ । बजेटमार्फत धितोपत्र व्यवसायलाई मूल्य अभिवृद्धि कर छुट हुने क्षेत्रभित्र समेटिएकोमा धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर एशोसिएसनले खुशी व्यक्त गरेको छ ।
अध्यक्ष प्रियराज रेग्मीले बुधबार एक विज्ञप्ति जारी गर्दै विगत केही वर्षदेखि धितोपत्र दलाल व्यवसायीहरुको धितोपत्र खरीदबिक्री सेवाबापत प्राप्त हुने आयमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने भन्ने द्विविधाको पनि अन्त गरिदिएको बताएका छन् ।
सरकारले केही वर्षदेखि मूल्य अभिवृद्धि कर रकम निर्धारण भई असूलीका लागि ताकेता भइरहेको अवस्थामा बजेटमार्फत मिनाहा गर्ने घोषणा गरेको हो ।
'पुरानो बेरुजू बक्यौताको मिनाहा, नयाँ व्यवस्था अनुसार मूल्य अभिवृद्धि कर छुट हुने बस्तु तथा सेवाको सूचिमा धितोपत्र व्यवसायीलाई राख्ने निर्णय र धितोपत्र व्यवसायमा ३० प्रतिशत आयकर लगाउने व्यवस्थाले पूँजीबजारमा देखिएको कर अस्पष्टता अन्त भएको निश्कर्षमा संघ पुगेको छ ।' विज्ञप्तिमा भनिएको छ-'यो व्यवस्थाले सिंगो पूँजीबजारलाई हर्षित बनाएको छ ।'
बजेटमा एकअर्ब भन्दा बढी चुक्तापूँजी भएका उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण भई अनिवार्य रुपमा पुँजीबजारमा सूचिकरण हुनुपर्ने र ५० करोड वा सोभन्दा बढी चुक्तापूँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण हुन प्रोत्साहन स्वरुप ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्थाले सम्पूर्ण पूँजीबजारको दायरा फराकिलो बनाउन ठूलो सहयोग पुग्ने समेत एशोसिएसनले जनाएको छ ।
प्राइभेट इक्वीटी, भेञ्चर फण्ड, हज फण्ड लगायतका नयाँ संस्थाहरुलाई पूँजीबजारमा प्रवेश गराउँदा बजार भरोसायोग्य, बिस्तारित र विश्वसनीय बन्न योगदान पुग्ने विश्वास समेत व्यक्त गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago