काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार खुलेको एकघण्टाभित्र नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । 

नेप्से परिसूचक १३.४८ अंकले घटेर १२६९.२७ को विन्दूमा समेटिएको हो । 

कारोबार खुलेको एकघण्टाभित्र क वर्गका कम्पनीहरुका बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स २.७९ प्रतिशतले घटिसकेको छ । 

यो अवधिसम्म सबै समूहको सूचकमा रातो पोतिएको छ । जलविद्युत समूह र बिमा समूहमा पहिरो गएको छ । होटल समूह, अन्य समूह एक प्रतिशत भन्दा बढीले घटेका छन् भने बैंकिंग, माइक्रोफाइनान्स समूहमा पनि १ प्रतिशतको हाराहारीमा गिरावट देखिएको छ । 

यो अवधिमा ८ करोडको हाराहारीमा कारोबार भएको छ । सबैभन्दा बढी मेगा बैंकले कारोबार गरेको छ । 

हकप्रद र बोनसको आधार मूल्यमै पूँजीगत लाभकर लाग्ने आन्तरिक राजश्व विभागको सर्कुलर विरुद्ध लगानीकर्ताले चलाएको आन्दोलनपछि डेढ दिन ठप्प भएको बजार बुधबार अबेरबाट खुलेपछि दोहोरो अंकको उछाल आएको थियो । तर, त्यो उत्साह बिहीबार कारोबार सुरुवाती चरणमा टिक्न नसकेको देखिएको छ ।