काठमाण्डौ । अमेरिकन पत्रिका फोब्र्सले नेपालका १० सर्वाधिक धनीहरुको सूचि सार्वजनिक गरेको छ । 

नेपालमा जन्मिएर नेपाल लगायतका विश्वका विभिन्न मुलुकमा व्यापार व्यवसाय गरिरहेकाहरुको सूचि सार्वजनिक गरिएको हो । 

सूचिको पहिलो नम्बरमा डलर अर्बपति विनोद चौधरी रहेका छन् । उनको सम्पत्त१ १.६ बिलियन डलर रहेको फोब्र्सले उल्लेख गरेको छ । चौधरी फोब्र्सको अर्बपति सूचिमा समावेश हुने पहिलो नेपाली नाम हो । उनी विश्वका डलर अर्बपतिको सूचिमा १३४२ औं स्थानमा छन् । उनी चौधरी ग्रुपका अध्यक्ष हुन् । उनको नेतृत्वमा देशभित्र र बाहिर ८० भन्दा बढी कम्पनी तथा उद्योग रहेका पत्रिकाले उल्लेख गरेको छ । 

2.शेष घले
दोश्रो धनी नेपालीको रुपमा  शेष घलेलाई फोब्र्सले समेटेको छ । उनको कुल सम्पत्ति ४१० मिलियन डलर सम्पत्ति रहेको छ । उनी अष्टेलियाका ९९ औं धनीको रुपमा सूचिकृत व्यक्ति समेत हुन् । उनी गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष हुन् भने मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका चेयरमेन समेत हुन् ।

 

3.उपेन्द्र महतो


सबैभन्दा धनी नेपालीको सूचिमा उपेन्द्र महतो तेश्रो स्थानमा छन् । उनको सम्पत्ति ३६० मिलियन डलर रहेको छ । रसियामा पिएचडीको अध्ययन सकेका महतोले इलोक्टोनिक्स, तेल, हेभी मेसिनरी र बैंकिंग लगायतका क्षेत्रमा हात हालेर लोभलाग्दो सफलता हात पारेका छन् । उनको नेटवर्थ २५० मिलियनदेखि १ बिलियनको बीचमा रहेको बताइन्छ । 

4.अजय सुमार्गी


चौथो धनी नेपालीको सूचिमा अजय सुमार्गी रहेका छन् । उनको कुल सम्पत्ति २०० मिलियन डलर रहेको फोब्र्सको दाबी छ । सुमार्गी नेपालको हेटौडामा जन्मिएका हुन् । उनी पुष्पकमल दाहालसँगको घनिष्ठ सम्बन्धका कारण बेला बेलामा चर्चामा आइरहन्छन् । उनी नेपालका सीमित करोडपतिमध्येका एक रहेका पत्रिकाको भनाई छ । उनी मुक्तिश्रि प्रालिको अध्यक्ष रहेका छन्, जसले नेपालमा थुप्रै कम्पनी संचालन गरिरहेको छ।

5.आदित्य झा


गैरआवासीय नेपाली आदित्य झा सूचिको पाँचौ स्थानमा छन् । जनकपुरमा जन्मिएका झाको सम्पत्ति १०० मिलियन डलर रहेको बताइएको छ । उनी हाल क्यानिडयन व्यवसायी हुन् तथा सामाजिक अभियन्ता समेत हुन् । 

6.जिबा लामिछाने


लामिछाने पनि गैरआवासीय नेपाली हुन् । फोब्र्सको अर्बपति सूचिमा उनी छैठौं स्थानमा छन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका डाइरेक्टर हुन् । उनी सन् १९८६ मा इञ्जिनियरिंगको अध्ययन पूरा गर्न रसिया पुगेका थिए, त्यहाँ उनले सामसंग, सोनी र एलजीको डिलरको विजिनेश थालेका थिए । उनले डा. उपेन्द्र महतोसँग सहकार्य गरी काम थालेका थिए । 

7.पशुपतिसमशेर राणा


पशुपति समशेर जंगबहादुर राणा सर्वाधिक धनी नेपालीको सूचिमा सातौं स्थानमा परेका छन् । उनको कुल सम्पत्ति ८४ मिलियन डलर रहेको छ । उनी नेपालका पूर्व राजा वा राजपरिवार भन्दा पनि धनी व्यक्ति बन्न सफल भएका छन् । एउटा अन्तर्वार्तामा उनले भनेका छन् कि उनकी श्रीमतिले दाइजोको रुपमा मात्रै २५००० लाख रुपैयाँ सम्पत्ति ल्याइएकी थिइन् । 

8.बलराम चैनराई

बलराम हंगकंगमा बसेर विजिनेश गर्ने नेपाली व्यवसायी हुन् । सूचिको आठौं नम्बरमा रहेका उनको कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ । उनको रियलस्टेट र इलेक्टिोनिक्स क्षेत्रमा निकै ठूलो विजिनेश साम्राज्य रहेको छ । उनी हंगकंगको साउथ एशियन सोसाइटीको नेतृत्वकर्ता पनि हुन् । उनी नेपालको ओखलढुंंगामा जन्मिएका हुन् र आफ्ना ब्रिटिस आर्मी बुबाको साथमा उनी हंगकंग सिफ्ट भएका थिए । 

9.राजेन्द्र खेतान


यो सूचिको  नवौं स्थानमा  उद्योगी राजेन्द्र खेतान रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको फोब्र्सको दाबी छ । खेतान परिवारले एकसय वर्षभन्दा अघिदेखि नेपालमा विजिनेशको सुरुवात गरेको थियो । राजेन्द्र खेतान परिवारको जेठो छोरा रहेका र यो ग्रुप अन्तर्गत १३ वटाको हाराहारीमा कम्पनी तथा उद्योगहरु रहेका फोब्र्सले उल्लेख गरेको छ । राजेन्द्र खेतान नेपालका सानो उमेरमै सफल बनेका एक उद्योगपति रहेका पत्रिकाले दाबी गरेको छ । उनी लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत हुन् ।

10.ज्ञानेन्द्र शाह


सन् २००१ देखि २००८ सम्म नेपालमा राजाको रुपमा शासन चलाएका ज्ञानेन्द्र शाह धनी नेपालीको सूचिको १० औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ५८ मिलियन डलर रहेको पत्रिकाले दाबी गरेको छ । 

ज्ञानेन्द्र शाह र उनको परिवारको १७ इन्टरप्राइजेज र कम्पनीहरुमा सेयर रहेको बताइएको छ । शाह नेपालका एक धनी व्यक्तिको रुपमा पत्रिकाले चित्रण गरेको छ ।