सेयर लगानीकर्ताको ज्ञापनपत्र बुुझ्दै सीताराम थपलिया ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीचको जुहारी र त्यहाँका जिम्मेवार अधिकारीको जुँगाको लडाईं अझ चर्किने देखिएको छ ।
यी दुुई निकायका जिम्मेवार अधिकारीहरुले सार्वजनिक रुपमै एकअर्कामाथि गम्भीर आरोप लगाउन थालेपछि द्वन्द्व तीव्र भएर जाने र यसले सर्वसाधारण लगानीकर्ताहरुले साँढेको जुधाईं बाच्छाको मिचाईको नियति भोग्नुपर्ने खतरा बढेर गएको देखिएको हो ।
''हामीलाई कदम-कदममा धितोपत्र बोर्डले अवरोध गर्यो, असहयोग गर्यो, काम गर्न दिएन । यहाँ हलो अड्काएर गोरु चुट्ने काम भइरहेको छ ।''
नेप्सेका महाप्रबन्धक सिताराम थपलिया
बुधबार सेयर लगानीकर्ता संघको अगुवाईमा नेपाल स्टक एक्सचेञ्जको कार्यालयबाट सुरु भएको लगानीकर्ताहरुको आन्दोलनको क्रममा उनीहरुको ज्ञापनपत्र बुुझेपछि नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले नियामक धितोपत्र बोर्डको असहयोगका कारण बजारको समयमै बिस्तार हुन नसकेको आरोप लगाए ।
''तपाईंहरुले ल्याउनुुभएको विषय हामीले उठाइरहेका विषय हुन् ।'' उनले ज्ञापनपत्र बुुझेपछि लगानीकर्तालाई सम्बोधन गर्दै भ-''पूँजीबजार विकासको बाधक हामी होइनौ, अरु कोही छ ।''
उनले आफूहरुले लामो समयसम्म संयमता र धैर्यता अपनाए पनि धितोपत्र बोर्डले असहयोग गरी जटिल परिस्थितिको निर्माण गरिरहेकोतर्फ इंगित गर्दै भने-'' नियामक निकाय भनेर सेबोनलाई सम्मान गरेर हामी संयम भएकै हौ । तर अब पानी घाँटीसम्म आइसक्यो, यसले हामीलाई नै डूूबाउने भएपछि किन नबोल्ने ?''
उनले सो क्रममा नेप्सेले बजार बिस्तार र सुधारमा गरेका प्रयासहरुको विषयमा समेत जानकारी गराए । ''हामीलाई कदम-कदममा धितोपत्र बोर्डले अवरोध गर्यो, असहयोग गर्यो, काम गर्न दिएन ।'' उनले भने-''यहाँ हलो अड्काएर गोरु चुट्ने काम भइरहेको छ ।''
थपलियाले बैंकलाई ब्रोकर लाइसेन्स दिने, अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउने, ब्रोकरहरुको शाखा बिस्तार गर्ने लगायतको बिषयमा आफूहरु सकारात्मक रहेको र त्यसका लागि धेरै प्रयास जारी राखिएको उल्लेख गर्दै भने-''यिनै विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन भोलिसम्म आइपुुग्छ, त्यसपछि हाम्रो तर्फबाट संभव हुने सबै काम द्रूत गतिमा अगाडि बढाइनेछ ।''
उनले पटक-पटक सेबोनका अधिकारीलाई कटाक्ष गर्दै धैर्यताको बाँध टुटिसकेको बताए । ''केहीले हाम्रो संयमता र धैर्यतालाई कमजोरी ठानेका छन् ।'' चेतावनीको शैलीमा थपलियाले भने-''नियामक निकायलाई सम्मान गरी अहिलेसम्म मैले मुख खोलेको थिइँन, तर अब चूप लागेर बसिन्न ।''
उनले आफ्ना प्रयासहरुको बिषयमा अनर्गल प्रचारबाजी गराइएको दाबी गर्दै भने-'' हामीले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुहुन्न भनेर कहीँ र कहिल्यै पनि भनेका छैनौ ।''
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago