काठमाण्डौ । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी मंसिर २७ गते अपरान्ह २ बजे रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाण्डौमा साधारणसभा बोलाएको हो ।

सभाको विविध प्रस्तावमा आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव रहेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहित २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण,चालू आव २०८०/ ०८१को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनी अन्तरगत सानिमा ग्रूपले काठमाण्डौको धुम्बाराहीमा चारे तारे डिलक्स होटेल अकामा सञ्चालन गरिरहेको छ ।