काठमाण्डौ । वार्षिक साधारणसभा प्रयोजनार्थ अजोड इन्स्योरेन्स भोलि सोमबार (माघ २४ गते) बुक क्लोज गर्दैछ। यसको अर्थ आज माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा आउँदो फागुन ६ गते डोकेको छ।
काठमाण्डौको त्रिभुपरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजेबाट भर्चुअल माध्यबाट सभा सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19