काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन भएको छ। 

कम्पनीले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो। यसअघि कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व थियो। 

कम्पनीको गत मंसिर ९ गतेसम्म विशेष साधारणसभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोहीबमोजिम कम्पनीले संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गरेको हो। 

सेयर संरचना परिमार्जनलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गर्दै सोहीअनुसार अभिलेख गरेको छ। सेबोनमा दर्ता रहेको अजोड इन्स्योरेन्सको कुल १ करोड कित्तामध्ये संस्थापकको नाममा ५१ लाख कित्ता र सर्वसाधारणको नाममा ४९ लाख कित्ता अभिलेख गरिएको सेबोनले जनाएको छ।