काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको १९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको छ। 

कम्पनीले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गर्दै १९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको हो। 

यसअघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो। त्यसलाई परिमार्जन गर्दै कम्पनीले अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको छ। 

सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको हो। 

अब उक्त १९ लाख कित्ता सेयर सर्वसाधारण समूहमा कारोबार हुने नेप्सले आज निर्णय गरेको छ।