काठमाण्डौ । प्रभु बैंकको आज सम्पन्न २१ औँ वार्षिक साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतालगायतका निर्णय र कामकारबाहीहरु स्वीकृति गरेको छ। 

सेञ्चुरी बैंकलाई प्राप्ति गर्नुका उद्देश्यका बारेमा प्रभु बैंकका सीईओ अशोक शेरचनले वार्षिक साधारणसभामा स्वागत मन्तव्य राख्दै सेयरधनीहरुसामु आफ्नो विचार राखेका छन्। ‘अन्तर्राष्ट्रिय र देशको परिस्थिति एकदमै नकारात्मक हुँदाहुदै पनि हामीले गत वर्ष बैंकलाई केही सुधारको बाटोमा लान सफल भएका छौँ। यहाँहरुलाई थाहा नै छ कोभिडका कारणले विश्वको अर्थतन्त्र नै ठूलो मारमा परेको थियो’, शेरचनले भने, ‘त्यसको केही मात्रामा भए पनि हाम्रो देशमा पनि परेको थियो। वर्षको सुरुआतसँगै यसपालि बैंकिङ क्षेत्रले तरलताको समस्या झेल्नुपर्यो।’

त्यसपछि रुस–युक्रेन युद्धका कारणले विश्वव्यापी रुपमा डिस्ट्रीब्युुसनका च्यानलहरु, प्रोडक्सनका रिक्स, ट्रेजरीको क्षेत्रका फ्लोलगायतका विभिन्न समस्याहरुले एकदमै बैंकिङ क्षेत्रका क्रियाकलाप खुुम्चिन पुगेको शेरचनले बताए। ‘यी समस्याका कारण पनि हामीले सोचेको जति ग्रोथ गर्न सकेनौँ’, उनले भने, ‘त्यति हुँदाहुँदै पनि हामी जति सक्यौँ, त्यो यहाँहरुको समक्ष लिएर आएका छौँ र यो वर्ष पुस १३ गतेसम्म बैंकको निक्षेप १ खर्ब ७६ अर्ब र कर्जा १ खर्ब ५६ अर्ब रुपैयाँ पुर्याएको छौँ। यस्तै करिब २० लाख ग्राहक संख्या छन् र ऋणीको संख्या २९ हजार छन्।’ 

सम्रगमा भन्दा नेपालको अर्थतन्त्रमा प्रभु बैंकले केही न केही योनदान गरिरहेको शेरचनले बताए। ‘हामीले नेपालको सबैभन्दा अग्लो उचाइमा शाखा खोल्दै गएका छौँ। त्यसै क्रममा हामी अपर मुस्ताङमा पनि पुुगेको छौँ’, उनले भने, ‘नेपालको एकदमै दूरदराजमा बैंकिङ सेवालाई पुर्याउन सफल भएका छौँ।’

नेपाली दाजुभाइलाई बैंकिङ सेवासुविधा लिनका लागि प्रेरित गरिरहेको पनि सीईओ शेरचनको भनाइ थियो। ‘उहाँहरुलाई नेसनल इक्नोमीको च्यानलमा ल्याउन सफल भएका छौँ र यसपटक हामीले सेयरधनीहरुसमक्ष सेन्चुुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि प्रस्तुत गरेको छौँ’, उनले भने।

नेपालमा बैंकहरुको संख्या घट्दै गएको उल्लेख गर्दै शेरचनले बैंकहरुको क्षमता पनि वृद्धि गर्नुपर्नेमा जोड दिए। ‘नेपालको इक्नोमीको साइज त्यसरी नै बनेको छ। अन्तर्राष्ट्रिय संस्थाहरुले पनि नेपालको इक्नोमीमा इन्ट्रेस्ट देखाउँदै गएका छन्’, उनले भने, ‘त्यसकारण हामीले पनि सेञ्चुरी बैंकलाई एक्वायर गर्ने निर्णय गरेर यहाँहरुसमक्ष प्रस्ताव पेस गरका छौँ। जसका कारणले गर्दा हाम्रो उपस्थिति एकमात्र बैंकिङ क्षेत्रमा हामी ७ नम्बरभित्र परिरहेका छौँ।’

‘त्यसले गर्दा भविष्यका हामीलाई बिजनेस गर्नका लागि धेरै ढोकाहरु खुुल्छन्। धेरै अवसरहरु आउँछन्’, शेरचनले थपे, ‘ती अवसरहरुबाट फाइदा गरेर सेयरधनीहरुलाई धेरैभन्दा धेरै रिर्टन दिन हाम्रा लागि एक्सपान्सन एक्युजिसन नै थियो। त्यसैअनुुसार हामीले सेञ्चुुरीलाई एक्युजिसन गर्न गइरहेका छौँ।’ 

यस्तै कुनै बिजनेस बढाउनका लागि क्यापिटल एडुकेसी रेसियोको आवश्यक पर्ने शेरचनको भनाइ थियो। ‘त्यसको सम्भावना र अवसर देखेर सेञ्चुुरी बैंकलाई ल्याउन खोजेको छौँ’, उनले भने, ‘सेञ्चुुरी बैंकलाई ल्याइसकेपछि हामीले आगामी समयमा यदि तरलता सहज भयो भने करिब–करिब ३५ अर्बबराबरको कर्जा प्रवाह गर्न सक्छौँ। त्यसैगरी यसले भविष्यमा रिटर्नका लागि सहयोग पनि हुन्छ। त्यसकारणले हामी यो एक्विजिसनलाई अघि बढाएका हौँ।’

‘सेयरधनीहरुले पक्कै पनि बैंकले प्रगति गरोस् भन्ने चाहनुुहुन्छ’, सीईओ शेरचनले भने, ‘सरकार तथा केन्द्रीय बैंकका नीतिहरु समय–समयमा परिवर्तन भइरहेका हुन्छन्। ती नीतिहरुलाई पनि सँगसँगै पालना गर्न गर्दै जानुपर्ने हुन्छ। यसका लागि पनि हामीले सेञ्चुरीलाई एक्वायर गर्ने निर्णय अघि बढाएका हौँ।’