काठमाण्डौ । एनआईसी एशिया बैंक आज र भोलि खुला हुने भएको छ । आज(पुस २७ गते) पृथ्वी जयन्ती र भोलि शनिबारका दिन सार्वजनिक बिदा भएतापनि बैंकले बैंकिङ कारोबार सञ्चालन गर्ने जनाएको हो ।  

बैंकले एक सूचना जारी गर्दै पुस २७ र २८ गते सार्वजनिक बिदाका दिन बैंकका समपूर्ण शाखा कार्यालय खुला रहने जनाएको छ । 

बैंकले यी दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकले बैंकिङ कारोबार सञ्चालन गर्ने जनाएको छ ।  

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।