काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्।

बैंकको पुस २६ गते सम्पन्न २८ औँ साधारणसभाबाट गोयललाई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै सभाले गोयलसहित अन्य चार जना सञ्चालक चयन गरेको छ । 

अध्यक्ष चयन भएसँगै गोयलले सोहि दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् । 

गोयलसँग बैंक अफ काठमाण्डूको सीईओ रुपमा काम गरेको अनुभव छ । 

उनीसँगै सञ्चालकहरुमा चयन हुनेमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी रहेका छन् ।