काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लगानीकर्तालाई लाभांश नदिने भएको छ । 

बैंकको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो । 

उक्त बैठकले आगामी माघ २८ गतेका लागि बैंकको २३ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । सभा काठमाण्डौमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे आयोजना हुनेछ । 

सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।

यस्तै सभामा संस्थापक सेयरधनीका तर्फ बाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना गरी कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

बैंकले साधारणसभा प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।