काठमाण्डौ ।लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चार जना निर्वाचित भएका छन् ।

हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालकमा निर्वाचित भएका हुन् ।

उनी बैंकका संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमामा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व पनि हुन् ।

उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् ।

नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ ।

आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।