काठमाण्डौ । माछापुच्छ्रे बैंकको खूद नाफा २१.४५ प्रतिशतले घटेको छ ।

आज सार्वजनिक चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा २१.४५ प्रतिशतले घटेको हो । 

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड २५ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालू आवको समिक्षा अवधिसम्म ८० करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा २१.४५ प्रतिशतले कम हो ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप समेत घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको निक्षेप १.१० प्रतिशतले घटेको छ ।

यो अवधिमा बैंकले १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ खर्ब ५४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको थियो । 

निक्षेपमा संकुचन आएपनि कम्पनीको कर्जा प्रवाह भने २.९९ प्रतिशतले वृद्धि भएको छ । वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिसम्म १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

कम्पनीको मुख्य आम्दानीको रुपमा मानिने खुद ब्याज आम्दानी समिक्षा अवधिमा घटेको छ ।

कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५.५६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफामा १३.१९ प्रतिशतको गिरावट आएको छ। अघिल्लो आव १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको सञ्चालन मुनाफा समिक्षा अवधिसम्म १ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ । 

कम्पनीको ईपीएस पनि घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको ईपीएस १३.८६ रुपैयाँ रहेको छ । जुन गत आवको दोस्रो त्रैमाससम्म १७.६४ रुपैयाँ थियो ।