काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । 
 

कम्पनीले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्वस्था भएको उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ देखिको नगद लाभांश एक महीनाभित्र भुक्तानी प्राप्त गर्न पनि कम्पनीले सेयरधनीलाई भनेको छ ।
 

साथै कम्पनीले अन्यथा सो अवधि पश्चात भुक्तानी हुन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बताएको छ ।

हालसम्म नगद लाभांश लिन बाँकी सेयरधनीहरुले  हितग्राही खाता नखोलेको भए हितग्राही खाता खोली भौतिक सेयरहरु अभौतिकरण गर्न पनि कम्पनीले भनेको  छ।