काठमाण्डौ । नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अतिविपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्य गरेको छ।

काठमाण्डौको थापाथलीस्थित परिसंघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहत सामग्री हस्तानान्तरण गरेको हो। राहत वितरण कार्यक्रममा मञ्चकी संयोजक छाँया शर्मा, किरण सुजकी महानिर्देशक विदूषि राणा, चौधरी ग्रुपकी प्रतिनिधि आसरता कार्की चौधरी, लाङटाङ रिटे«किङ तथा एकस्पिडिसनकी महानिर्देशक पम्फा धमला, महिला उद्यमी मञ्चका सदस्यहरु सरिता लामा, अनुजा सर्राफ तथा जावलाखेल ग्रप अफ इन्डष्ट्रिजकी करर्पोरेट अधिकृत आरती लामाले ५५० थान बाक्लो कम्मल, ५५० थान उनको टोपी, ५५० थान उनको मोजाका साथै चिउरा कर्मायोग संस्थाका समुदाय विकास निर्देशक सौरभ रिमाललाई प्रदान गरेका थिए। 

राहत सामग्रीहरु सुनसरी जिल्ला बराह नगरपालिकाका वडा नं ४,६,७,८,९,१०,११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाउँका मुसहर, मधेशी, जनजाति, पिछडिएका समुदाय र विपन्न परिवारम्म पुर्याइँदैछ। यस प्रकारका सहयोग र सहकार्यको वितरण गर्ने संस्थाका निर्देशक रिमालले परिसंघ र परिसंघको महिला उद्यमी मञ्चको प्रशंसा गर्दै धन्यवादसमेत दिए। 

यसका साथै राहत सामग्रीहरु राजधानीबाट सम्बन्धित गाउँमा उचित तवरबाट २ देखि ३ दिनको समयावधिमा पुगिसक्ने उनले जानकारी दिए।