supreme court nepal
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालक बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न ऊर्जा मन्त्रालयलाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको बुधबारको इजलासले तीन सञ्चालक बर्खास्त गरी नयाँ सञ्चालक नियुक्त गर्ने ऊर्जाको निर्णय कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले सञ्चालकहरू लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाउनुपर्नाको कारण पेस गर्न पनि सरकारलाई आदेश दिएको छ । नेपाल विद्युत् प्राधिकरण ऐन ०४१ अनुसार सञ्चालक सदस्यहरूको कार्यावधि चार वर्षको हुन्छ । तर, नेपाल सरकारले आवश्यक परेमा त्यस्ता सदस्यको पदावधि समाप्त हुनुअगावै तिनीहरूलाई हटाउन वा तिनीहरूको सट्टा अर्को व्यक्ति मनोनीत गर्न सक्ने व्यवस्था छ ।
अदालतको अन्तरिम आदेशपछि लोडसेडिङ अन्त्य र प्राधिकरणको सुधार चलाइरहेका ऊर्जामन्त्री जनार्दन शर्मा र कार्यकारी निर्देशक कुलमान घिसिङको अभियान प्रभावित हुने देखिएको छ । बर्खास्तगीमा परेका सञ्चालकहरूले कार्यकारी निर्देशकलाई असहयोग गर्दै आएका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।
तत्कालीन ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले बर्खास्त गर्दा पनि अग्रवाल र मिश्र सर्वोच्चको आदेशबाटै पुनबर्हाली भएका थिए । यसपटक मन्त्रालयले स्पष्टीकरण सोध्नेलगायतका सबै प्रक्रिया पूरा गरी उनीहरूलाई बर्खास्त गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago