काठमाण्डौ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रालिले एक महिनाअगाडि सफलतापूर्वक बजेट सेगमेन्टको अनर एइट ए( Honor 8A) लञ्च गरेलगत्तै त्यही सेगमेन्टमा अनर एइट एस(Honor 8S) नेपाली बजारमा भित्र्याएको छ ।
यो फोन कम्पनीले मध्यम वर्गका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याएको छ ।
अनर एइट एसमा ५.७१ इञ्चको डिउ ड्रप नोच डिस्प्ले, १३ एमपी एफ/१.८को प्राइमरी क्यामेरा र फाइभ एमपी एफ/२.२ को सेल्फी क्यामेरा रहेको छ ।
यो फोनको पछाडिपट्टि एउटा मात्र क्यामेरा भए पनि यसको फराकिलो साइजका कारण अपत्यारिलो फोटो खिच्न सक्छ ।
यो फोनमा दुई जीबी र्याम र ३२ जीबीको इन्टरनल मेमोरी दिइएको छ।
यो फोन एन्ड्रोइड ९.१ अपरेटिङमा चल्नेछ । यो फोनमा ३०२० mAh को ब्याट्री उपलब्ध गराइएको छ । सुरक्षाको दृष्टिकोणले यसमा फेस अनलक र रेज टू वेक फङ्सन रहेको छ, साथै यसले कम प्रकाश भएको अवस्थामा पनि राम्रो काम गर्छ ।
यसको उपभोक्ता मूल्य १२५०० रुपैयाँ तोकिएको छ । यो फोन नेपाली बजारमा नीलो र कालो रंगमा उपलब्ध हुने बताइएको छ । अनर एइट एस आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै फिचर्स भएको स्मार्टफोन हुने कम्पनीले दाबी गरेको छ ।
अनरका केही प्रचलित मोडलहरुको नेपाली बजार मूल्य यसप्रकार छ:
अनर सेभेन एस(Honor 7S): रु. १२१९० बाट घटाएर १११९० बनाइएको
अनर टेन लाइट(Honor 10 Lite): रु. २३९९० बाट घटाएर रु.२०९०० बनाइएको
अनर एइट एक्स(Honor 8X): रु. २८९९० बाट घटाएर रु. २५९९० बनाइएको छ।
बजारमा हालै सार्वजनिक भएको Honor 8S का विशेषता यसप्रकार छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago