काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि अन्ततः लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने भएका छन्।
यी दुई बैंकले मर्जरमा जानका लागि भोलि सोमबार प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने लक्ष्मी बैंकका एक संस्थापक सेयरधनी जानकारी दिए। ‘मर्जरमा जानका लागि भोलि सम्झौतापत्रमा हस्ताक्षर हुन्छ’, उनले भने, ‘मर्जर कमिटीबीच अहिलेलाई १ः१ अनुपातमा मर्ज हुने सहमति जुटेको छ तर डीडीए रिपोर्टअनुसार स्वाप रेसियो निर्धारण हनेछ।’
लक्ष्मी र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरी मर्जरमा जान विभिन्न चरणमा छलफल गरेका थिए। मर्जरपछि बैंकको अध्यक्ष र सीईओ लक्ष्मी बैंकले पाउने सहमति भएको ती संस्थापक सेयरधनीले जानकारी दिए।
मर्जरपछि बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ राख्ने सहमति भएको छ।
हाल लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। बराबरी हैसियतमा मर्जरमा गएमा बैंकको चुक्तापुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19