Nepal Stock Exchange
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि पूँजीबजार हराभरा बनेको छ । यो दिन नेप्से परिसूचक १८.७८ अंकले बढी १६६६.२९ को किर्तिमानी उचाईमा पुगेको छ ।
बिहीबार पनि बिमा, बैंक र जलविद्युत समूहकै योगदानका कारण नेप्से दोहोरो अंकले उक्लिएको हो ।
बिमा समूह सबैभन्दा धेरै ६९.६९ अंकले उकालो लाग्यो भने यो समूहलाई जलविद्युत समूह र वाणिज्य बैंक समूहले क्रमशः ४०.८३ र २३.१७ अंकले पछ्याए । विकास बैंक समूहको सूचक १२.९७ अंकले बढ्यो भने होटल समूह ११.२३, उत्पादनमूलक ३४.८६ र अन्य समूह १.१८ अंकले उक्लिए । सबै अंक उकालो लागे पनि बित्त समूहमा भने ६.९४ अंकको गिरावट आयो । बिहीबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ४.२९ र १.१३ अंकले उकालो लागे ।
बिहीबार १ सय ३५ कम्पनीका ३२ लाख २१ हजार कित्ता सेयर १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख बराबरको सेयर कारोबार गर्यो । सानिमा माई हाइडो पावर कम्पनीले ११ करोड १९ लाख, शिखर इन्स्योरेन्सले ९ करोड ३ लाख, लालीगुराँस इन्स्योरेन्सले ८ करोड ६२ लाख र स्ट्याण्र्ड चार्टर्ड बैंकले ७ करोड ४८ लाख बराबरको कारोबार गरे ।
बिहीबार कारोबारको हिसाबले उत्कृष्ट १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनीले ओगटे भने २ स्थान बैंक र बाँकी २ स्थान जलविद्युत समूहले कब्जा गर्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago