काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको छ । 

यो साताको अन्तिम कारोबार दिन बिहीबार स्वाभिमान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको हो । 

कारोबार सुरु भएका दुई घन्टामा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६५ रुपैयाँ बढेर ७२१ रुपैयाँ पुगेको छ । यसको बुधबार अन्तिम सेयरमूल्य ६५६ रुपैयाँ थियो । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा भने कम्पनीको ३ हजार ४६२ कित्ता सेयर खरिद पोस्ट भएको छ । जब कि बिक्रीतर्फ एक कित्ता सेयर पनि पोस्ट भएको छैन । यसले कम्पनीको सेयर बिक्री गर्नेभन्दा खरिद गर्नेको चाप देखाएको छ ।